काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली काँग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् । मंगलबार समितिको सभापति निर्वाचनको कार्यतालिका थियो ।
काँग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा निर्विरोध निर्वाचित भएकी हुन् । समितिका ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले थापा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
यसअघिका समिति सभापति आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि कृषि समिति सभापति पद रिक्त थियो ।







