२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न सांसद शर्माको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न सरकारसँग माग गरे । 

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले वर्तमान सत्ता गठबन्धनले विगतका गठबन्धनभन्दा कसरी फरक रूपमा काम गर्छ भनेर सबैले चासो लिएको बताए ।

संविधान संशोधनको सहमतिसहित गठबन्धन बनेको उल्लेख गर्दै सांसद शर्माले नागरिकका मनमा उठेका प्रश्नको जवाफ सरकार र वर्तमान सत्ता गठबन्धनले दिन सक्नुपर्ने बताए । सत्तारूढ दल नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सातबुँदे सहमतिको इमानदारिताका साथ पालना गर्नुपर्ने उनको भनाइ थियो । विकास निर्माण, आर्थिक समृद्धि, सुशासन, सहज सेवा प्रवाहलगायत कुरामा यसअघिका सरकार किन असफल भए भन्ने विश्लेषण गरेर अहिलेको सरकारले संरचनागत सुधारसहितका काम गर्नुपर्नेमा सांसद शर्माले जोड दिए ।

“प्रतिपक्षी दलबाट प्रश्न उठ्नु भनेको विरोधका लागि मात्रै नभई त्यसरी उठेका प्रश्नप्रति सरकार जबाफदेही हुनुपर्छ”, उनले भने । अहिले नागरिकले सरकारबाट चाहिरहेका विभिन्न सुधारका बुँदा उनले संसद्मा प्रस्तुत गरे । हवाई र सडक सुरक्षाका लागि कानुन तर्जुमा गर्ने, सेवा प्रवाहमा सहजता ल्याउने, ठुला परियोजनाको काममा शीघ्रता तथा पुँजीगत खर्च बढाउने सवालमा अहिलेको सरकारले कसरी काम गर्छ भनेर नागरिक स्तरमा चासो रहेको सांसद शर्माको भनाइ थियो । 

यसै गरी स्वास्थ्य बीमाका अप्ठेरा हटाएर सबै नेपाली नागरिकलाई बीमाको दायरामा ल्याउनुपर्ने, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्ने, बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने, रङ्गशाला निर्माण गर्नेलगायत विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने सांसद शर्माको भनाइ छ । 

कोभिड-१९ महामारीपछि हालसम्म खुल्न नसकेको काँकडभित्ता नाका पुनः सञ्चालनमा ल्याइनुपर्ने, सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्नुपर्ने, सङ्घीयतालाई बलियो र जनमुखी बनाउनुपर्ने, विद्यालय शिक्षा विधेयक चाँडो ल्याइनुपर्ने तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले गम्भीर भएर काम गर्नुपर्ने सांसद शर्माले उल्लेख गरे । 

संविधान संशोधनबारे  नागरिक स्तरमा चासो बढेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस