संघीयताविरूद्ध कुरा आएपछि संविधान संशोधनको बहस चल्यो : सभामुख घिमिरे « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संघीयताविरूद्ध कुरा आएपछि संविधान संशोधनको बहस चल्यो : सभामुख घिमिरे


१० श्रावण २०८१, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने बताएका छन् ।

संघीयता आवश्यक नभएको, यसले आर्थिक भार बढाएको लगायत नकारात्मक टीकाटिप्पणी भइरहेका बेला सरकार परिवर्तन हुँदा संविधान संशोधनको विषय उठेको हुन सक्ने बताए । तर अहिले त्यता जाने बेला भएको छैन । यो विषयमा अहिले म केही भन्दिन, ’उनले भने ।

हेटौँडामा बिहीबार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा घिमिरेले देशमा युवालाई ठिक ढङ्गले प्रयोग गर्नुपर्ने बताए ।

चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न सक्ने युवा शक्ति आवश्यक रहेको भन्दै उनले संसारमा भएका परिवर्तनमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे ।

गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको पनि उनको भनाइ छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले वैदेशिक रोजगारीका कारण देशका धेरै विश्वविद्यालय, कलेजहरू खाली हुँदै जाने खतरा बढेको बताए । उनले युवाहरूलाई सीप सिकाउँदै स्वरोजगार र रोजगारी प्रदान गरेर युवाहरूलाई स्वदेशमै टिकाउनु अपरिहार्य भएको धारणा राखे ।

बागमती प्रदेश युवा परिषद् कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०८०/८१ मा टेलरिङ, फेसन डिजाइनर, ब्यूटिसियन, मन्टेश्वरी, कुक, बारिष्ठा, वेटररवेट्रेस, डकर्मी, सिकर्मी, विल्डिङ इलेक्ट्रिसियन, प्लम्बिङ, मोटरसाइकल मर्मतलगायतका २१ प्रकारका आधारभूत तालिम प्रदान गरेको थियो ।

परिषद्ले प्रदेशका १३ वटै जिल्लामा ५ हजार जनालाई तालिम प्रदान गरेको कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।

बिहीबार हेटौँडामा चितवन, मकवानपुर र सिन्धुलीमा दिइएको तालिमका सहभागीलाई प्रमाण पत्र वितरण गरिएको परिषद्का उपाध्यक्ष चौलागाईंले जानकारी दिए ।

ब्यूटिसियन तालिम लिएकी विष्णुकुमारी परियारले प्रदेश युवा परिषद्ले सीप सिकाउँदै काम गरेर बाँच्न सक्ने बाटो देखाइदिएको बताइन् । उनले उद्यमी बनेर देखाउने सुनाइन् । परियारले दोस्रो तहको तालिम आवश्यक रहेको जानकारी गराइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस