काठमाडौँ । मन्त्रिपरिषद् नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बोलाएको जनाइएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बुझिएको छ ।
एक मन्त्रीका अनुसार आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने छ।