बागमती प्रदेश : सवारी दुर्घटनामा ३ सय ४ जनाको मृत्यु « प्रशासन
Logo ४ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बागमती प्रदेश : सवारी दुर्घटनामा ३ सय ४ जनाको मृत्यु


८ श्रावण २०८१, मंगलबार


बागमती । सवारी दुर्घटना कम गर्न बागमती प्रदेशका जिल्लाहरूमा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८०/८१ मा रु १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० जिल्लामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा  दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरी रु १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको हो । 

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारी गति निगरानी गरिरहेको र सो क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए।

सो अवधिमा बागमतीका १० जिल्लामा भएको एक हजार पाँच सय ३६ सवारी दुर्घटनामा तीन सय १५ जनाको मृत्यु भएको छ भने तीन हजार एक सय ९९ जना घाइते भएको उनले बताए । 

ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले गत आर्थिक वर्ष २०७९/८० मा  दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । सो आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु भएको थियो । 

 त्यसअघि आव २०७८/७९ मा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख ५० हजार नौ सवारीमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो । क्षमताभन्दा बढी यात्री बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिनाहेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमा सवारी जाँचमा कडाइ गरिएको प्रनाउ खाणले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस