२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

अ+ अ-

ढोरपाटन (बागलुङ) । अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको  वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए । अहिले वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको उनले बताए । 

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । जैमिनीका किसानले दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएकामा सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् । 

प्रमुख निउरेले भने, “हिजो साँझदेखि ठूलो वर्षा भइरहेको हुँदा पहिराले सडक छेउबाट भासिएको छ, पहिले पनि यही ठाउँमा सडक भासिदा लामो समय अवरुद्ध भएको थियो, अहिले पनि सोही ठाउँमा सडक बगाएको छ, अहिले वर्षा भइरहेको हुँदा खुलाउने सम्भावना छैन, वर्षा रोकियो भने बल्ल खुलाउने प्रयास गर्ने छौँ ।”

मध्यपहाडी लोक मार्गको पर्वत खण्ड खुल्यो

गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोक मार्गको पर्वत खण्ड खुलेको छ । कुश्मा नगरपालिका–७ र ८ को सिमानास्थित तमादीखोलामा आएको लेदोसहितको बाढीले सडक अवरुद्ध बनेको थियो । सुरक्षाकर्मी र लोक मार्गको स्काभेटर प्रयोग गरी लेदो पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सीताराम ओझाले जानकारी दिए ।

सडक सञ्चालन भएसँगै रातिदेखि अलपत्र बनेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा धवलागिरि क्षेत्रमा आएका सवारीसाधन चुवामा र यस क्षेत्रबाट बाहिरिने सवारीसाधन खरेहामा अलपत्र बनेका थिए ।

वर्षा अझै रोकिएको छैन । जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्रको तथ्याङ्कअनुसार पर्वतको कार्कीनेटामा सबैभन्दा बढी ८५ दशमलव छ मिलीमिटर वर्षा भएको छ । अत्यधिक वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको  भने अधिकांश ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस