२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण एसियाली महिला राजनीतिज्ञ सेमिनारमा सहभागी भएर महिला सांसदहरू स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । चीनमा आयोजित दक्षिण एसियाली महिला राजनीतिज्ञ सेमिनारमा सहभागी भएर महिला सांसदहरूको टोली स्वदेश फर्किएका छन् ।

अखिल चीन महिला महासंघ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीको आयोजना तथा महिला विश्वविद्यालय चीनको आयोजनामा चीन भ्रमणमा गएका महिला सांसदहरूको टोली स्वदेश फकिएको हो ।

‘दक्षिण एसियाली महिला राजनीतिक नेतृत्वसम्बन्धी सेमिनार’मा सहभागी हुन चीन भ्रमणमा गएका महिला सांसदहरू सेमिनारमा सहभागितासँगै उच्च तहको भेटघाटमा सहभागी भएका थिए ।

सांसदहरूले चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका महानिर्देशक लुओ चाओहुईसँग भेट गरेका थिए । महानिर्देशक लुओ केही समयअगाडि लगानी सम्मेलनमा भाग लिन नेपाल आएका थिए । नेपाली महिला सांसदको ११ सदस्यीय टोलीले मालदिभ्सकी उच्चशिक्षा मन्त्री मारियाको नेतृत्वमा लुओसङ्ग संयुक्त भेट गरेको थियो । भेटमा महानिर्देशक लुओले दक्षिण एसियामा लैंगिक समानता र महिला तथा बालबालिकाको विकासमा चीनले सहयोग गर्न सक्ने बताएका थिए ।

लुओले कोभिड-१९ महामारीका कारण धेरै समस्याको सामना गरेपनि अहिले बिस्तारै सबै कुरा लयमा आएको बताएका थिए । ‘राजनीतिमा महिला नेतृत्वको अवस्था राम्रो हुँदै गएको छ । यो भ्रमणका क्रममा तपाईँले चीन र यहाँ भएको महिला नेतृत्वको विषयमा अझ बुझ्न सक्नुहुनेछ’, उनले भने, ‘अब दिगो विकास लक्ष्य पुरा गर्न ६ वर्ष बाँकी छ । यो धेरै महत्त्वपूर्ण विषय हो । जुन हामीले गर्नैपर्नेछ ।’

त्यस अवसरमा मालदिभ्सको विदेश मामिला मन्त्रालयका राज्यमन्त्री शेरीना अब्दुल समदले मालदिभ्समा ५२ प्रतिशत महिलाको जनसंख्या भएपनि नेतृत्वमा निकै न्यून सहभागिता रहेको बताइन् । समस्या कहाँ छ ? के कारणले महिलाहरू नेतृत्वदायी भूमिकामा आउन सकेनन् भनेर त्यसको पहिचान गर्न आवश्यक रहेको मन्त्री समदले बताएकी थिइन् । त्यस्तै श्रीलंकन महिला तथा बालबालिका राज्यमन्त्री गीता समन्माली कुमारसिंघे, श्रीलंकन स्वास्थ्य राज्यमन्त्री सीथा लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

नेपालको तर्फबाट भ्रमण टोलीको नेतृत्व गरेकी सांसद सुशीला श्रेष्ठले राजनीतिक रूपमा नेपालमा महिलाका निम्ति ३३ प्रतिशत संघ र प्रदेशको संसद्मा महिला सहभागिता सुनिश्चित गरिएको र स्थानीय तहमा करिब ४४ प्रतिशत भन्दा बढी महिला नेतृत्व रहेको बताएकी थिइन् । तर, अझैपनि मूल नेतृत्वमा महिलाको सहभागिता बढाउनका निम्ति काम गर्नुपर्ने अवस्था रहेको उनको भनाई थियो ।

नेपाललगायत श्रीलंका, मालदिभ्स र पाकिस्तानका महिला मन्त्री तथा सांसदहरूले सेमिनारमा सहभागिता जनाएका थिए ।
महिला सांसदहरू बेइजिङमा आयोजित ‘ग्लोबल शेयर्ड डेभलपमेन्ट एक्सन फोरमको दोस्रो उच्चस्तरीय बैठक’मा पनि सहभागी भए । यो अर्को एउटा उच्चस्तरीय बैठक हो । उक्त बैठकको उद्घाटन समारोहमा मन्त्री तथा सांसदहरू सहभागी भएका हुन् । उक्त बैठकलाई चिनियाँ विदेशमन्त्री वाङ यीले सम्बोधन गरेका थिए । टोली काठमाडौँबाट ग्वाङ्चौ हुँदै बेइजिङ गएको थियो ।

प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठको नेतृत्वमा गएको टोलीमा प्रतिनिधि सभाका सदस्यहरू सूर्यकुमारी श्रेष्ठ, ईश्वरी घर्ती, दुर्गा राई, हर्कमाया विश्वकर्मा, कल्पना मियाँ कुसारी, विनीताकुमारी सिंह र कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरी सहभागी थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समन्वय गरेको उक्त भ्रमणमा मन्त्रालयका विज्ञ समिति सदस्य राजकुमारी चौधरी, शाखा अधिकृत प्रतिमा ढकाल र स।नि। देविका घर्ती मगर समेत सहभागी थिए ।

भ्रमण टोलीले चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग, परराष्ट्र मन्त्रालय चीन, अखिल चीन महिला महासंघ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको पार्टी स्कुलसँग भेटघाट गरी महिला राजनीतिज्ञको नेतृत्वमा सहभागिता, महिला तथा बालबालिकाको समग्र अवस्था कसरी राम्रो बनाउन सकिन्छ भन्ने सन्दर्भमा महत्त्वपूर्ण छलफल गरेको थियो ।

टोलीले चीनको राजधानी बेइजिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सङ्ग्रहालय, महिला विश्वविद्यालय चीन, चिनियाँ राष्ट्रिय महिला तथा बालबालिका सङ्ग्रहालय, ग्रेट वाललगायतको अध्ययनरअवलोकन समेत गरेको थियो । नेपाली सांसदहरूको भ्रमण टोलीले बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठको विशेष आमन्त्रणमा नेपाली राजदूतावासमा भेटघाट गरी भ्रमणका सन्दर्भमा छलफल समेत गरेको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका तत्कालीन मन्त्री भगवती चौधरीको विशेष पहलमा सांसदहरूको टोली चीन गएको हो ।

प्रतिक्रिया दिनुहोस