१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको ‘निजी सचिव’मा सहसचिव कुँवर 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निजी सचिव’मा सहसचिव बिनोद बहादुर कुँवर नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत सहसचिव कुँवरले आइतबार(भोली) देखि निजी सचिवको जिम्मेवारी सम्हाल्ने प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ । 

यस अघिसमेत प्रधानमन्त्री ओलीको प्रशासन महाशाखा प्रमुख रही सकेका कुँवर लामो समय प्रदेश बसाई पनि केही समयअघि मात्रै स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा आएका थिए । प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव नियुक्त हुने उनी तेस्रो सहसचिव हुन् । 

यसअघि उपसचिव बस्दै आएकोमा प्रधानमन्त्रीको निजी सचिवालय प्रभावकारी बनाउन भन्दै तत्कालीन पुष्पकमल दाहाल प्रचण्डले सहसचिव नवराज ढुङ्गानालाई निजी सचिव नियुक्त गरेका थिए । त्यसपछि उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाई पठाएसँगै ढुङ्गानाको ठाउँमा सहसचिव अर्जुन भण्डारी आए । 

मन्त्रीको निजी सचिव पनि उपसचिव र प्रधानमन्त्रीको पनि उपसचिव नै हुँदा नमिलेको भन्दै त्यसलाई मिलाउनको लागि पनि सहसचिव कायम गरिएको थियो । 

मन्त्री तथा प्रधानमन्त्रीको निवासमा स्वकीय र मन्त्रालय तथा कार्यालयमा निजी सचिवालय रहने व्यवस्था छ । 

यसैगरी प्रधानमन्त्री ओलीको निजी उपसचिवमा विष्णु सुवेदी आएका छन् । 

को हुन् कुँवर 
सहसचिव कुँवर इमान्दार छविका काम गर्ने कर्मचारीका रूपमा चिनिन्छन् । स्वास्थ्य मन्त्रालय आउनु अघि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, लोक सेवा र मुख्यमन्त्री कार्यालय गरी करिब तीन वर्ष प्रदेश सचिव बसेका कुँवर त्यसअघि आन्तरिक राजश्व विभागको महानिर्देशक १४ महिना बसे । त्यसअघि दुई पटक गरी करिब तीन वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिताएका कुँवर सहसचिव भएपछि दुई वर्ष संघीय लोक सेवा आयोगमा काम गरेका थिए । 

पछिल्लो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहँदा सिंहदरवार सुधार तथा सरसफाइ अभियान कुँवरकै अगुवाइमा थालनी भएको थियो । थोत्रा सवारी र जताततै फोहोरका डुङ्गुरले भरिएको सिंहदरवार परिसरलाई महिनौँ लगाएर सफाई गरिएको थियो । जसले सिंहदरवारको स्वरूप नै बदलेको थियो तर उनको सरुवासँगै सामान्य सरसफाईलाईसमेत निरन्तरता नदिँदा अहिले पुरानै लयमा फर्किएको छ । 

सम्बन्धित समाचार : वर्ष २०७५ मा सिंहदरवार : हरियालीयुक्त सफा सुग्घर, कवाडीखानाबाट मुक्त

सम्बन्धित समाचार : आहा सिंहदरवार !

अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीबाट सुरु एक नेपाली एक फलफुल बिरुवा रोप्न अभियानलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गरेका कुँवरको इच्छाशक्ति र समन्वयात्मक क्षमताले सिंहदरवारमा देखिने तथा महसुस हुने गरी स्वरुप फेरिएको थियो ।

सम्बन्धित समाचार : सिंहदरवारमा एकीकृत सफाइ

अहिले जति पनि बगैँचा तथा फलफूलहरू फल्न थालेका छन् ती कुँवरकै अग्रसरतामा रोपिएका थिए । 

प्रतिक्रिया दिनुहोस