१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदको विशेष अधिवेशन आह्वानका लागि एक तिहाइ सांसदको माग

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा एक तिहाइ बढी सांसदहरूले विशेष अधिवेशनको माग गरेका छन् । उनीहरूद्ये प्रदेश प्रमुख नजिर मियाँसमक्ष लिखित आग्रह गरेका हुन् । बजेट अधिवेशन अन्त्यको भोलिपल्टै काँग्रेस र एमालेका २१ जना सांसद उपस्थित भएर अधिवेशन आव्हानको माग गरेका हुन् ।

प्रदेशमा वर्षाले ठूलो क्षति पुर्‍याएको तर, राहत-उद्धार, क्षतिपूर्तिलगायतमा सरकारले कुनै काम नगरेको भन्दै संसद् आह्वानको माग गरिएको काँग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले बताए ।

संविधानको धारा १८३ मा प्रदेश सभाको अधिवेशन आह्वान र अन्यको सम्बन्धी व्यवस्था रहेको छ ।

उपदफा ३ मा ‘प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने छ । यसरी तोकिएको मिति र समयमा प्रदेश सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्ने छ ’ भन्ने व्यवस्था छ ।

साथै प्रदेश सभा नियमावली २०८० मा संवैधानिक व्यवस्थालाई अंगीकार गरेको छ । एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सरकार जिम्मेवार हुनुपर्नेमा थप गैर जिम्मेवार भएको हुँदा अधिवेशन आह्वान गर्न आग्रह गरेको बताए ।

सरकारको सिफारिसमा मुख्यमन्त्री नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभा बैठक अन्त्य गरेका थिए ।

प्रदेश प्रमुखले संविधानअनुसार एक तिहाइ बढी सांसदले बैठक आह्वान गर्न लिखित आग्रह गरेपछि बैठक आह्वानको पत्र प्रदेश सभा सचिवालयमा पठाएका छन् । प्रदेश प्रमुखले संविधान अनुसार पठाएको पत्र अनुसार नै बैठक आह्वानको तयारी प्रदेश सभा सचिवालयले गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस