२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले साँफे-मार्तडी राजमार्ग अवरुद्ध

अ+ अ-

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । 

उनका अनुसार राजमार्गको बुढीगङ्गा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडिमालिका–९ कारागार नजिकै पहिरो गएको बताए । राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत ठप्प भएका छन् । सवारीसाधन नचल्दा यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा वर्षा भइरहेको छ । यस्तै जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सडक दुई सातादेखि अवरुद्ध भएको छ ।

बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । मार्तडी–कोल्टी जोड्ने बाउली, अनाई र दानसागु खोलामा जलसतह बढेपछि ठाउँठाउँमा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालवाहक सवारीसाधन ठप्प छन् ।  

प्रतिक्रिया दिनुहोस