११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रका प्रतिनिधिलाई अर्थमन्त्री पौडेलको ढाडस : तपाईँहरूको विश्वास र भरोसा टुट्न दिन्नँ

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको विश्वास र भरोसा टुट्न नदिने बताएका छन् ।

बुधबार सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई राज्यले संरक्षण दिने भन्दै आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्न आग्रह समेत गरे ।

निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारको खोजेको समाधान निजीक्षेत्रलाई मान्य हुने गरी समाधान खोज्ने उनले बताए ।

उनले पछिल्लो क्षेत्रको सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेको भन्दै यसमा ध्यान केन्द्रित हुने जिकिर गरे ।

मन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई नीतिगत रूपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिने बताए । त्यस्तै, मौद्रिक नीति कस्तो ल्याउने भन्ने अधिकार राष्ट्र बैंकलाई रहेको भन्दै उहाँले मौद्रिक नीति ल्याउँदा विद्यमान समस्या र अवस्थालाई सम्बोधन हुने विश्वास व्यक्त गरे ।

सो क्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्ने गरी अघि बढ्नुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्रीलाई सुधार गर्नका लागि सबै सरोकारवाला सम्मीलित आयोग बनाउनुपर्ने सुझाव समेत दिए ।

ढकालले नयाँ सरकार बनेसँगै निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस