काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्राङ्कित तेस्रो श्रेणीका प्राविधिकहरूको समस्या चाँडै समाधान गर्ने बताएका छन् ।
सोमवार पद तथा गोपनीयताको शपथ ग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका उनले मन्त्रालयको प्रवेशद्वारमै आन्दोलनरत कर्मचारीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरे । उनले आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताए । पदभार ग्रहण गर्न पुगे पनि उनी कर्मचारीको आन्दोलनका कारण त्यसै फर्किएका थिए ।