२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीमा मुख्यमन्त्री कार्कीद्वारा प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिवसँग कार्य सम्पादन सम्झौता गरेका छन् ।

आर्थिक वर्ष २०८१-८२ को बजेट खर्चलाई प्रभावकारी बनाउन भन्दै उनले नयाँ आर्थिक वर्ष सुरु हुनु एक दिनअघि नै प्रमुख सचिव केदारनाथ शर्मासँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

आर्थिक वर्षको अन्तिममा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्न आर्थिक वर्ष नलाग्दै सम्झौता गरेको मुख्यमन्त्री कार्कीले बताए । अब प्रदेश सरकारले साउनदेखि नै विकास कार्यक्रम कार्यान्वयनमा तीव्रता दिने उनको भनाइ छ ।

प्रदेश सरकारका सबै मन्त्रीहरूलाई राखेर मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कार्कीले प्रमुख सचिव शर्मासँग कार्य सम्पादन सम्झौता गरेका थिए, लगत्तै शर्माले मुख्यमन्त्री कार्यालयका सचिव बद्री कार्की र विष्णुप्रसाद पौडेलसँग कार्य सम्पादन सम्झौता गरे ।

मुख्यमन्त्री कार्कीले साउन १५ भित्र सबै मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्नका लागि निर्देशन दिएका छन् ।

१५ साउनभित्रै कार्य योजना बनाएर एक करोड रुपैयाँभन्दा माथिको योजना कार्यान्वयनमा लैजान निर्देशन पनि दिएका छन् ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम २५ दिनमा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार ४४१ रुपैयाँ खर्च गरेको थियो ।

असार महिनाको अन्तिम २५ असारमा मात्रै दुई अर्ब ३० करोड ३५ लाख ८८ हजार ६ सय ८१ रुपैयाँ खर्च गरेको थियो । ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको सरकारले २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६ सय ४४ रुपैयाँ मात्रै खर्च गरेको थियो ।

आर्थिक वर्षको अन्तिममा खर्च गर्ने परिपाटीलाई अन्त्य गर्न साउनदेखि नै कार्य योजना बनाएर काम अघि बढेको मुख्यमन्त्री कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस