२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूलीमा बेपत्ता बस खोज्न आजदेखि नयाँ प्रविधि प्रयोग

अ+ अ-

काठमाडौँ। नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलताल भन्ने स्थानमा झरेको पहिरोमा परेर बेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरूको खोजीका लागि आजदेखि नयाँ प्रविधि प्रयोग गरिएको छ ।

खोजीमा सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको जनाएको प्रहरीले पछिल्लोपटक निजी क्षेत्रको सहयोगमा अत्याधुनिक सोनार क्यामरा प्रविधि प्रयोगमा ल्याएको हो ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले नयाँ प्रविधिमार्फत आज बिहानैदेखि खोजी कार्य जारी रहेको जानकारी दिए ।

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरूको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।

सशस्त्र प्रहरीको गोताखोरसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले बाँसका भाटासहित एयर ड्रोन, वाटर ड्रोन, चुम्बक, बाइनाकुलर, टेलिस्कोप, एंकर हुक लगायतका उपकरणमार्फत् खोज्दै आएका थिए । त्यसमा सोमबारदेखि भाडामा लिएर अत्याधुनिक सोनार क्यामरा पनि प्रयोग गरिएको हो ।

आइतबार गृह मन्त्रालयका सचिव, सशस्त्र र नेपाल प्रहरी प्रमुख लगायतको टोली सिमलतालमा पुगेर खोजीमा भइरहेको कामबारे जानकारी लिएका थियो । त्यसपछि अत्याधुनिक सोनार क्यामेरा सिमलताल झिकाइएको हो । नयाँ उपकरणसहित प्राविधिक टोली गएराति नै काठमाडौँबाट सिमलताल पुगेको थियो । सो उपकरण सशस्त्र प्रहरीलाई जिम्मा लगाइएको थियो ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी जनक पुरीका अनुसार यो उपकरणले धमिलो पानी भए पनि नदी भित्र भएको बस्तुको आकृतिबारे जानकारी दिन्छ ।

त्यसको सहयोगमा आज बिहानैबाट बसको खोजी सुरु गरिएको उनले बताए । अहिले बसको खोजीमा ४० जना सशस्त्र प्रहरीका तालिमप्राप्त जनशक्ति र्‍याफ्टिङ्ग तथा मोटरबोटसहित परिचालित छन् ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार उक्त उपकरणलाई मोटर बोटमा जडान गरेर खोजी कार्य अगाडि बढाइएको छ ।

सो उपकरणबारे जानकार एक जना प्राविधिकका अनुसार त्यसलाई पानीभित्रको भूबनोटको समेत सर्भे गर्न सकिन्छ । त्यसले एक विशेष किसिमको आवाज उत्पादन गर्छ र उक्त आवाज कुनै पनि वस्तुमा ठोक्किएपछि उक्त वस्तुले आवाज परावर्तन गरेको आधारमा सो वस्तुको आकृति पत्ता लगाउन सकिन्छ ।

सो उपकरणले निरन्तर उत्पादन गर्ने आवाज र कुनै वस्तुले निरन्तर परावर्तन गर्ने आवाजको आधारमा बसको आकृति अनुमान गर्न सकिने हुँदा यसले त्रिशूली नदीमा हराइरहेको बसको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सकिने विश्वास छ ।

त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरूको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।

प्रतिक्रिया दिनुहोस