थुम्सीमा भेटिएको शव सिमलतालमा दुर्घटनामा परेका बसका यात्रुकै भएको पुष्टि « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

थुम्सीमा भेटिएको शव सिमलतालमा दुर्घटनामा परेका बसका यात्रुकै भएको पुष्टि


३० असार २०८१, आइतबार


काठमाडौँ । गैँडाकोटस्थित नारायणी नदीकोबीचमा आइतबार बिहान भेटिएको शव सिमलताल बस दुर्घटनामै परेका व्यक्तिको रहेको खुलेको छ । शव काठमाडौँ महानगरपालिका वडा नम्बर-४ बस्दै आएका २९ वर्षीय सज्जात अन्सारीको भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनी काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको एन्जल यातायातको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसका यात्रु हुन् । उनी भारतीय नागरिक रहेको पनि प्रहरीले जनाएको छ । उनको पर्समा भेटिएको सवारी चालक अनुमतिपत्रबाट सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको वाग्मती प्रदेश०३-००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको वाग्मती प्रदेश०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए । अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस