२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाले पाए सफाई, ६ जना दोषी ठहर

अ+ अ-

काठमाडौँ । अख्तियारले विशेष अदालतमा जलेश्वर नगरपालिका प्रमुख, उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार शीर्षकमा दायर गरेको मुद्दामा प्रमुख, उपप्रमुख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाले सफाइ पाएका छन् भने ६ जनालाई अदालतले दोषी ठहर गर्दै जरिवाना तथा कैद फैसला गरेको छ । 

विशेष अदालतको २ नम्बर इजलासमा न्यायाधीशहरू डा. खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले सो फैसला गरेको हो। न्यायाधीशत्रयको संयुक्त इजलासले जलेश्वर नगरपालिका-१ स्थित हाटबजार क्षेत्रमा भएको ढलानको काममा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नं। १ का वडाध्यक्ष अनिल झा, कार्यपालिका सदस्य सोगरा खातनु र सुपरभाइजर धीरेन्द्र झालाई निर्दोष ठहर गर्दै सफाइ दिएको हो । 

यता, जलेश्वर नगरपालिकाकै इन्जिनियरहरू पवन झा र राकेश चौधरीसँगै सबइन्जिनियर दिपेश साहलाई दोषी ठहर गर्दै जनही तीन महिना कैद र ९७ हजार जरिवाना गरेको छ। त्यस्तै, उपभोक्ता समिति अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई जनही ९७ हजार जरिवाना गरेको हो। 

उक्त फैसलासँगै नगरप्रमुखसहितका सफाइ पाएका जनप्रतिनिधिहरू तथा कर्मचारीको निलम्बन फुकुवासँगै पुनः पदस्थापनको बाटो खुलेको छ । जलेश्वर नगरपालिकाका नगरप्रमुख सोनारले आफूहरू निर्दोष हुँदाहुँदै केही तत्त्वले गलत मुद्दामा फसाउन खोजेको भन्दै अदालतले न्याय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस