२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थारू भाषा साहित्यमा योगदान दिने २ श्रष्टा प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

अ+ अ-

काठमाडौँ।  सरकारले थारू भाषा साहित्यमा योगदान दिने दुई जना श्रष्टालाई प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ ।

सप्तरीका बुद्धसेन चौधरी र सुर्खेतका मानबहादुर चौधरी ‘पन्ना’ लाई प्रदेश प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । बिहीबार उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले एक समारोहका बीच नगद ५० हजार र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

मधेश प्रदेशका बुद्धसेन चौधरी थारू मानक भाषाका मस्यौदाकार समितिका सदस्य तथा थारू भसा साहित्य केन्द्र नेपालले निकाल्ने बसघरा पत्रिकाका सम्पादक हुन्। यस्तै कर्णाली प्रदेशका मानबहादुर चौधरी साझा बिसौनी दैनिकको थारु भाषा विशेष परिशिष्टाङ्क ‘फूलुवार’ का सम्पादक हुन् ।

यस्तै प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरूमा कोशी प्रदेशबाट खोटाङका राम विक्रम थापा, बागमती प्रदेशबाट ललितपुरका राजु महर्जन,  गण्डकी प्रदेश पुरस्कारबाट कास्कीका भीम बहादुर रानाभाट, लुम्बिनी प्रदेशबाट प्युठानकी रिमा केसी र सुदूरपश्चिम प्रदेशबाट अछामका आरपी तिमिल्सिना रहेका छन् ।

यस्तै सरकारले भाषा तथा साहित्य विधातर्फ राष्ट्रिय पुरस्काबाटर गण्डकी प्रदेशका वसन्तबहादुर बराकोटीलाई प्रदान गरेको छ भने संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार नुवाकोटका केदारप्रसाद पाठकलाई प्रदान गरेको छ ।

यस्तै संस्कृति विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरूमा कोशी प्रदेशबाट पाँचथरका भीम प्रसाद योङहाङ ‘यासेली’, मधेश प्रदेशबाट सर्लाहीका  भक्त प्रसाद रिजाल, बागमती प्रदेशबाट भक्तपुरका डा। शशी थापा पण्डित, गण्डकी प्रदेशबाट पोखराका यारजङ गुरूङ,  लुम्बिनी प्रदेशबाट रोल्पाका जीवन प्रवेश रोका मगर, कर्णाली प्रदेशबाट, मनोहर लामिछाने र सुदूरपश्चिम प्रदेशबाट धनगढीका हरिकृष्ण कडायत रहेका छन् ।

प्रादेशिक प्रतिभा पुरस्कार पाउने स्रष्टाहरूलाई नगद ५० हजार रुपैयाँ र राष्ट्रिय प्रतिभा पुरस्कार पाउने स्रष्टाहरूलाई १ लाख रुपैयाँ पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।