२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्‍मा परेर एक महिनामै ७४ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । अविरल वर्षाले आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी पछिल्लो एक महिनामा ७४ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि सोमबार दिउँसोसम्म ७४ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी, पहिरोलगायतका विपद्‍मा परी सबैभन्दा धेरै गण्डकी प्रदेशमा २२, कोशी र लुम्बिनीमा १८-१८, बागमती, कर्णाली र सुदूरपश्चिममा ४-४, मधेशमा ३ र काठमाडौँ उपत्यकामा १ जना गरेर ७४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गण्डकीमा २६, कोशीमा २१, कर्णालीमा १५, सुदूरपश्चिममा १०, मधेशमा ५, बागमती र लुम्बिनीमा ४(४ र काठमाडौं उपत्यकामा ३ जना गरी ८८ जना घाइते भएका छन् ।

घाइतेलाई उपचार गर्न स्थानीय अस्पताल पुर्‍याउनुका साथै कोशीमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको प्रहरी प्रवक्ता डीआईजीपी कार्कीले बताए । उनका अनुसार बाढी पहिरोमा परी कोशी र बागमतीमा २-२ तथा सुदूरपश्चिममा १ गरी ५ जना बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण १६१ घर डुबानमा परेका छन् । ९४ घर, ५३ गोठ, ४१ पुल, २ सरकारी कार्यालय र एउटा विद्यालयमा क्षति पुगेको छ । ३३५ वटा पशु चौपाया परेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट २ हजार २९६ घरपरिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस