काठमाडौँ । ‘सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ को छलफलमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आइजिपी बसन्तबहादुर कुँवर उपस्थित भएका छन् ।
सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरूसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो ।
त्यसअनुसार उनीहरू शुक्रबारको छलफलमा उपस्थित भएका हुन् ।