काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो ।
जसअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु. ३४१०.५१ पैसा र मध्यम धानको रु. ३५८०.६२ पैसा न्यूनतम समर्थन मूल्य तोकेको एक मन्त्रीले जानकारी दिए ।