काठमाडौँ । सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ ठगीमा इच्छाराज तामाङ र उनका मामाससुरा केशवलाल श्रेष्ठविरुद्ध पूरक अभियोगपत्र दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा परेको पूरक जाहेरीको आधारमा अनुसन्धान भएर सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको थियो ।
१८ असार २०८१ मा जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौँले इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौँमा पूरक अभियोगपत्र दायर गरेको हो ।
सहकारी ठगीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७८ सालमा तामाङ र तत्कालीन समयमा सहकारीका अध्यक्ष रहेको केशललाल श्रेष्ठ सहितलाई १ हजार ५०३ जना बचतकर्ताको जाहेरीको आधारमा ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी सहित सीआईबीले प्रतिवेदन बुझाएको थियो ।
सोही प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको थियो ।
उक्त ठगी मुद्दा पूर्वपक्षका लागि थुनामा रहेका तामाङ र केशवलाल श्रेष्ठ विरुद्ध ७ करोड ८८ लाख ४५ हजार बिगो भराउनु पर्ने माग गर्दै पूरक अभियोग दर्ता भएको हो ।