सहकारी ठगी प्रकरण : गोर्खा मिडियामा रकम प्रवाह गर्नेको विवरण माग « प्रशासन
Logo २६ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सहकारी ठगी प्रकरण : गोर्खा मिडियामा रकम प्रवाह गर्नेको विवरण माग


१२ असार २०८१, बुधबार


काठमाडौँ । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा अनुसन्धान गर्न बनेको संसदीय विषेश समितिले जितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्कमा रकम अपचलनका विषयमा छानबिन सुरू गरेको छ ।

बुधबार बसेको संसदीय बिषेश छानविन समितिको बैठकले कार्यादेशमा उल्लेखित अनुसूची २ मा रहेका ९ वटा सहकारीको कागजात मगाउने निर्णय गरेको समितिका संयोजक सुर्य थापाले जानकारी दिए ।
उनले भने, ’ विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा गएको प्रवाह भएको रकमको स्थिति समेत हामीले ६ वटा बुँदासहित नौं वटा सहकारीको कागजात मगाउने निर्णय गरेका छौं । यसअघि गठन भएका सहकारी सम्बन्धि छानबिन समिति भएका समितिहरुले गरेको अनुसन्धान प्रतिवेदन, आयोग, समिति र जाँचबुझ आयोग लगायतको प्रतिवेदन हामीले यसअघिका बैठकहरुबाट प्राप्त गर्नेगरी निर्णय गरेका थियौं । ती प्रतिवेदनहरु प्राप्त भएका छन् । समितिका सदस्यहरुले ती प्रतिवेदनहरुको अध्ययन गरिरहनुभएको छ ।’

समितिले गोरखा मिडयामा रकम अपचलन भएका भनिएका सहकारीहरू आइडियल यमुना बहुउद्देश्यी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बच तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सु्रम बच तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बच तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत ता ऋण सहकारीसँग कागजात झिकाउने निर्णय गरेको थापाले बताए ।

उनले संसदीय समिति कसैको ढाकछोप र कसैलाई नियोजितरूपमा फसाउन नबनेको भन्दै सबुत, प्रमाण वा बहुमूल्य रिपोर्ट भए उपलब्ध गराउन आह्वान समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस