काठमाडौँ । सहसचिव गोगन हमालको संयोजकत्वमा ‘छाउपडी’ समिति गठन भएको छ । गृह मन्त्रालयले मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ई. गोगन बहादुर हमालको संयोजकत्वमा चार सदस्यीय छाउपडी सम्बन्धी विगत, वर्तमान र भावी कानुनी नीतिगत सुधार र कार्यान्वयन सम्बन्धी समिति गठन गरेको हो ।
एक महिना समयावधि दिइएको उक्त समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला विकास मन्त्रालय र नेपाल प्रहरीको महिला सेल हेर्ने डीएसपी सदस्य रहेका छन् ।