युरोकपमा स्पेन र इटाली प्रिक्वाटरफाइनलमा प्रवेश  « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

युरोकपमा स्पेन र इटाली प्रिक्वाटरफाइनलमा प्रवेश 


११ असार २०८१, मंगलबार


काठमाडौँ । युरोकपमा स्पेन र इटालीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । मंगलबार बिहान सकिएको खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दा इटाली र क्रोएसियाले एक –एक गोलको बराबरी खेलेको थियो । 

जितसँगै स्पेन समूह चरणमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ अर्थात् प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

स्पेनका डानी ओल्मोको पासमा फेरान टोरेसले गोल गरेपछि १३ औं मिनेटमा अग्रता लिएको थियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पेनले शतप्रतिशत जिन निकाल्न सफल भयो ।

उता अर्को खेमाल डिफेन्डिङ च्याम्पियन इटालीले अन्तिम समयमा गोल गर्दै बराबरी खेले पछि अन्तिम १६मा स्थान पक्का गर्न मद्दत पुग्यो । क्रोएसिया भने प्रतियोगिताबाट बाहिर भएको छ । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रोएशियाले सुरुवाती अग्रता लिएको थियो । 

खेलको ५५ औं मिनेटमा लुका मोड्रिकले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अतिरिक्त आठौं मिनेटमा माटेटा ज्याग्नीले रिकार्डोको पासमा गोल गर्दै बराबरीमात्रै गरेनन् की इटालीलाई अन्तिम १६ मा पुर्‍याए ।

समूह बीबाट स्पेन शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्दा इटाली ४ अंकका साथ दोस्रो स्थानमा रहेर पुगेको हो । क्रोएसियाको २ अंक हुँदा अल्बानियाको एकमात्र अंक रह्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस