प्रतिनिधि सभा बैठक : किसानलाई समयमै मलको व्यवस्था गर्न माग « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रतिनिधि सभा बैठक : किसानलाई समयमै मलको व्यवस्था गर्न माग


१० असार २०८१, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले किसानलाई समयमै मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले देशभर फैलिएको डेङ्गु नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभा बैठकको आज शून्य समयमा बोल्दै सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय प्रणाली अपनाउने कुनै पनि देशका लागि संसद् सर्वोच्च र सम्मानित संस्था भएकाले आन्दोलनरत कर्मचारीको माग पूरा गरी सदनको गतिविधि अघि बढाउनुपर्ने बताए ।

सांसद देवप्रसाद तिमिल्सिनाले संसद्जस्तो गरिमामय ठाउँमा २० दिनदेखि कर्मचारी आन्दोलनमा रहनु राम्रो नभएको उल्लेख गर्दै सरकारले आन्दोलनरत कर्मचारीको माग र्शीघ्र सम्बोधन गर्नुपर्ने माग गरे ।

सांसद ठाकुरप्रसाद गैरेले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको व्यक्ति नै भ्रष्टाचारको मुद्दामा संलग्न देखिएकाले सिङ्गो सेवा क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको देखिएकाले यस्को निदान गर्नुपर्ने बताए ।

सांसद डिगबहादुर लिम्बूले मोरङको मिक्लाजुङ–३, ४ र ५ स्थित टाँडी क्षेत्रमा तीन हजार दुई सय बिघा जग्गा २०२७ सालमा नापी गर्न छुट भएकाले सो क्षेत्रमा नापी गरेर जग्गाधनी प्रमाणपत्र दिन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद तेजुलाल चौधरीले वर्षाका कारण सप्तरी र सिरहाको सीमामा रहेको बलान नदीको बाढीले जनधनको क्षति भएकाले उक्त क्षेत्रका पीडितलाई पुनःस्थापना र राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

सांसद डा तोसिमा कार्कीले देशभरीका महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न सबै सरकारी तथा निजी कार्यलयमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

यस्तै सांसद दिपा शर्माले कर्मचारीको आन्दोलनप्रति सरकार बेखबर भएकोजस्तो देखिएको उल्लेख गर्दै तत्काल उनीहरुको माग पूरा गर्न सरकारसँग माग गरीन् ।

सांसद देवेन्द्र पौडेलले बाग्लुङका दुरदराजका थुप्रै सडक अधुरै रहेकाले तत्काल निर्माण गर्न माग गरे । सांसद निशा डाँगी र प्रेम सुवालले विगत दुई÷तीन वर्षदेखि ७७ जिल्लामै डेङ्गुको समस्या बढ्दै गएकाले रोकथामका लागि सरकार गम्भीर बन्न आग्रह गरे ।

सांसद पुष्पबहादुर शाहले अछाममा छाउँगोठमा बसेकी किशोरीलाई बलात्कृत गरिएको र हाल उहाँको अस्पतालमा उपचार भइरहेको उल्लेख गर्दै किशोरीको स्वास्थ्य उपचार गर्न र क्षतिपूर्ति दिलाउन तथा पीडकलाई कारबाही गर्न सरकारसँग माग गरे ।

सांसद पूर्णबहादुर घर्ती मगरले संसद्का कर्मचारीको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद प्रतिमा गौतमले श्रम स्वीकृति लिएर खाडी मुलुक जाने नेपाली नागरिकको सङ्ख्या बढ्दै गएको, रोजगारीका सिलसिलामा विदेश गएका नेपालीको प्रत्येक दिन कम्तिमा चार शव ल्याउनुपरेको दुःख अवस्था रहेको तर ८१ प्रतिशत मृतकका परिवारले क्षतिपूर्ति पाउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रतिक्षा तिवारीले बजेटमा कृषिमा लगानी वर्ष घोषणा गरेको अवस्थामा अहिले पनि किसानले मल पाउन नसकेका कुरा सदनमा उठाइन् । मलको मुल्यमा कालोबजारी हुने गरेकामा उनले सरकारको ध्यानाकर्षण गराइन् । सांसद प्रदीप पौडेलले बोलवाला व्यक्तिले आफ्नो–आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट लगेकाप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रभु हजारा, प्रेमबहादुर महर्जन र बद्रीप्रसाद पाण्डेले संसद्का कर्मचारीको माग तत्काल पूरा गरी सदन सहजरुपमा सञ्चालन गर्न सरकारसँग माग गरे। सांसद वासुदेव घिमिरले कृषि उत्पादनको समय भइरहेको अवस्थामा पनि किसानले मल पाउन नसकेकाले तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस