काठमाडौँ । गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमाथिको बहस सोमबार सकिएको छ। देवकोटाको मुद्दामा धेरै कानुन व्यवसायी बहसका लागि बाँकी रहेकाले आइतबार हेर्दाहेर्दैमा राखिएको बहस आज सकिएको हो ।
उनको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । सुनुवाइ सकिएसँगै यसबारे आजै फैसला आउने बताइएको छ ।
देवकोटाले असार ६ गते आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । आइतबार चौथो नम्बरमा पेसी तोकिएको उक्त मुद्दामा ढिलो मात्र बहस सुरु भएको थियो । देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेको थियो ।