टी-२० अलराउन्डरको विश्व वरियताको छैटौँ नम्बरमा उक्लिए दीपेन्द्र सिंह ऐरी « प्रशासन
Logo ४ श्रावण २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

टी-२० अलराउन्डरको विश्व वरियताको छैटौँ नम्बरमा उक्लिए दीपेन्द्र सिंह ऐरी


५ असार २०८१, बुधबार


काठमाडौँ। नेपालका दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा छैटौँ नम्बरमा उक्लिएका छन् । उनी तीन स्थानमाथि पुगेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको ताजा वरियतामा उनी अस्ट्रेलियाका मार्कस स्टोइनिस, श्रीलंकाका वानिन्दु हसरंगा, बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मोहम्मद नाबी र जिम्बावेका सिकन्दर रजाभन्दा मात्र पछाडि छन् ।

टी-२० बलरको विश्व वरियतामा सोमपाल कामी ९ स्थानमाथि उक्लिएर ९१ औँ र २७ स्थान माथि उक्लिएर दीपेन्द्र ९६ औँ स्थानमा छन्।

यस्तै ब्याट्सम्यानको विश्व वरियतामा दीपेन्द्र ४६ औँ स्थानमा छन्। रोहित पौडेल ६ स्थान तल खस्केर ६१ औँ नम्बरमा पुगेका छन् भने आसिफ शेख २० स्थानमाथि उक्लिएर ६९ औँ नम्बरमा छन्।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो।

दुई टेस्ट राष्ट्र बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो।

प्रतियोगितामा दीपेन्द्रले ३ खेलमा ३२ रन, रोहितले ३६ रन र आसिफले ६३ रन बनाएका थिए। बलिङतर्फ दीपेन्द्रले ६ विकेट र सोमपालले ३ विकेट लिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस