२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत सीमामा तारबार गर्न महेश बर्तौलाद्वारा सरकारको ध्यानाकर्षण 

अ+ अ-

काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल भारत सीमामा तारबार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद बर्तौलाले सीमा सुरक्षाका लागि तारबार लगाउन जरुरी भइसकेको बताए ।

‘नेपाल भारत खुला सीमाले अपराध गरेर एक देशबाट अर्को देशमा भाग्ने प्रवृत्ति बढेको छ । यसले अपराधलाई बढावा दिएको छ । अर्कोतिर राजस्व संकलनमा चुनौती छ,’ बर्तौलाले भने, ‘म गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, भारतसँग प्रत्यक्ष सीमा जोडिएको तराई क्षेत्रमा सीमामा तारबार लगाएर सुरक्षित गर्ने सवालमा दृढताका साथ अगाडि बढाउ । अब तारबार लगाउन ढिला नगरौँ ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपस्थित छलफल बर्तौलाले खुला सीमाका कारण अपराध बढेको र राजस्व संकलनमा पनि चुनौती बढिरहेको भन्दै तत्काल तारबार गर्न मन्त्री लामिछानेको ध्यानाकर्षण गराए ।

भारतसँग रोटीबेटीदेखि भाषा, संस्कृतिसम्म विविधतायुक्त सम्बन्ध भए पनि सीमा सुरक्षाका लागि तारबार लगाउन जरुरी रहेको उनको भनाइ थियो ।

सांसद बर्तौलाले भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलगायत विदेशी नागरिकको रेकर्ड अनिवार्यरुपमा राख्न पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

‘जसरी नेपालबाट बाहिरिने नागरिकको रेकर्ड राखिन्छ, हामीले पनि गम्भीरतापूर्वक नेपाल कति प्रवेश गरेका छन्, कहाँबाट आएका छन्, रेकर्ड राखौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस