२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’लाई ५ वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्छ : ‘विप्लव’

अ+ अ-

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री ‘प्रचण्ड’लाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्ने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै अहिले ‘प्रचण्ड’लाई सरकार आजै जान्छ भोलि जान्छ भन्ने चिन्ताले काम गर्न नसकेको बताए ।

उनले भने, ‘हिंसा र युद्धको स्रोत भनेको पुँजीवादी सत्ता हो । हाम्रो टाउकोमा जबरजस्त थोपरिन खोजिँदैछ । हामी ०८४ को चुनावमा जान्छौँ भन्दा पनि हल्ला छ । अब हामी युद्ध चाहँदैनौँ । तर, आजको बेपत्ता र सहिद परिवारको स्थिति हेर्दा सबै कुरा बन्दुकको बलमा अशक्तलाई लादेको छ । आजको सत्तामा जनताको स्वीकार्यता छैन । कसैको पनि समर्थन छैन । यो सत्ता चल्छ भन्नेमा मान्छेलाई विश्वास छैन । यसले नेपाली जनताको स्वाधीनतालाई बोक्न सक्छ भन्ने विश्वास छैन । तर, बोल्न दिइँदैन त्यो जनमतलाई स्विकारिँदैन । नभए जनमत सङ्ग्रह गरौँ ।’

उनले आफूले पाँच वर्ष सत्ता माओवादीलाई चलाउन दिनुपर्ने सुरुदेखि नै भन्दै आएको बताए ।

उनले थपे, ‘मैले प्रचण्ड कमरेडलाई सुझाव दिएको थिएँ कि ५ वर्ष काँग्रेसले चलाओस् । कि त हामीलाई देओस् । अहिले पनि ‘प्रचण्ड’जीलाई ५ वर्ष स्टेटेजी बनाएर चलाउनुस् भनेर दियो भने सायद राम्रो चल्छ । उहाँलाई त अहिले कुर्सी बचाउनमै ठिक्क छ । आजै जान्छ भोलि जान्छ भन्न थालिसके । बजेट अनन्तजीले ल्याउनुभयो सबै कुरा पर्याप्त हुँदैन तर आफ्नै पार्टी पनि ठिक छैन भनेको छ अर्कोले पनि त्यही भनेको छ । मन्त्रीले पनि होइन भनेको छ यो बजेट कसको त त्यसो भए ?’