काठमाडौँ । निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो ।
रिक्त एक निर्वाचन आयुक्तको पदमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय भएको बताइएको छ । अरु रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसबारे छलफल नभएको बताइएको छ ।