काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ भने चालु ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४ दशमलव १२ प्रतिशत विनियोजित छ ।
वित्तीय व्यवस्ता तर्फ २५ करोड ८ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तातरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार अर्थात १५ दशमलब ३८ प्रतिशत विनियोजन गरिएको छ ।
प्रदेश सभाको दोस्रो कार्यकालको चौँथो अधिवेशनको दशौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गरेका हुन् । मुख्यमन्त्री रोगजार कार्यक्रम मार्फत बेरोजगार व्यक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउनको लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । कर्णालीका १६ हजार नागरिकले यो कार्यक्रमबाट आशिंक रोजगारी प्राप्त गर्ने विश्वास सरकारको छ ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा ३७० विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विकास गर्ने भएको छ । यसको लागि सरकारले १ अर्ब १० करोड रकम विनियोजन गरेको छ । यस्तै मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रमका लागि १० करोड विनियोजन गरिएको छ । प्रदेश अस्पताल सुर्खेतको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि ५० करोड विनियोजन गरिएको छ ।
बजेटको पूर्णपाठ :