२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेश भट्टराईले भने-प्राकृतिक विपद्प्रति सरकारको पूर्व तयारी सन्तोषजनक छैन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले मनसुन सुरु भएसँगै बाढी, पहिरो र चट्याङजस्ता प्राकृतिक विपद् निम्तिन थालेको भन्दै यसबाट बच्न र बचाउन सरकारले गर्नुपर्ने पूर्व तयारी सन्तोषजनक नभएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता भट्टराईले मनसुन सुरु भए लगत्तै नेपालको पूर्वी क्षेत्रमा बाढी पहिरोको प्रकोप सुरु भैसकेको बताए ।  ‘कोशी प्रदेशबाट मनसुन भित्रिएको छ, मनसुन भित्रिनु खुसीको कुरा हो तर मनसुनले विपद् पनि ल्याइरहेको छ’, भट्टराईले भने, ‘हिजो र अस्ति आएको अविरल वर्षापछि ताप्लेजुङका विभिन्न खोलानालामा आएको बाढीले त्यहाँको जनजीवन प्रभावित भएको छ ।’

त्यस क्रममा उनले ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा रहेको सिसुवा खोलामा आएको बाढीले तमोर नदी समेत छेकेको, स्वास्थ्य चौकी र झोलुङ्गे पुलमा क्षति पुर्‍याएको तथा ओलाङचुङगोला जाने सडक अवरुद्ध भएको बताए । केही दिनअघि कावेली खोलाले ट्याक्टर बगाउँदा चालकको ज्यान गएको भन्दै भट्टराईले बुधवारमात्र परेको चट्याङबाट पशु र बाली नालीमा क्षति भएको बताए ।

उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै विपद् पूर्व तयारीप्रति सरकारको काम सन्तोषजनक नभएको बताए । ‘नेपाल सरकारको पूर्व तयारी सन्तोषजनक छैन’, उनले भने, ‘विपद् प्राधिकरण त बनाएका छौँ तर यसको वार्षिक १८ करोड बजेट छ । जसमा १५ करोड साधारण खर्च हुन्छ भने ३ करोड रकमले विपत् प्राधिकरणले के गर्न सक्छ ?’

प्रतिक्रिया दिनुहोस