२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ करोड ४७ लाख बिगो मागदावीसहित राईविरुद्ध अदालतमा मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खोटाङको केपिलासगढी गाउँपालिका-४ स्थायी घर भई हाल जिल्ला काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने चन्द्र बहादुर राई भन्ने चन्द्रदिप राईविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको छ ।

राईले गैर कानुनी रूपमा आठ करोड ४७ लाख ६२ हजार आठ सय ८३ रुपैयाँ ९० पैसा सम्पत्ति शुद्धीकरण गरेको तथ्य स्थापित भएको भन्दै विभागले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ मार्फत अदालतमा अभियोग पत्र दायर गरेको हो । राईले विभिन्न कसुर गरी आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको भन्ने उजुरीका आधारमा विभागले अनुसन्धान गरेको थियो ।

उजुरीमाथि विभागबाट सम्पत्ति शुद्धीकरणको कसुरमा जाँचबुझ तथा अनुसन्धान हुँदा राईले तत्काल प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३, ऐ. (पहिलो संशोधन २०६८) को दफा ३ र प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क), (ख) र (ग) ले निषेधित कार्य गरी गराई आरोपीले कर छली समेतको कसुरबाट प्राप्त रकम हो भन्ने जानी जानी एवं विश्वास गर्नुपर्ने मनासिब आधारको विद्यमानता हुँदाहुँदै गैर कानुनी श्रोतको रूपान्तरण, हस्तान्तरण गर्ने, त्यस्तो श्रोत लुकाउने एवं छल्ने उद्देश्यले सात करोड ५४ लाख ६५ हजार चार सय ८४ रुपैयाँ ४२ पैसा कसुरबाट प्राप्त सम्पत्तिबाट बढे बढाएको ९२ लाख ९७ हजार तिन सय ९९ सय रुपैयाँ ४८ पैसा समेत गरी आठ करोड ४७ लाख ६२ हजार आठ सय ८३ रुपैयाँ ९० पैसा सोही दफाको उपदफा (३) बमोजिम सम्पत्ति शुद्धीकरण गरेको तथ्य स्थापित भएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

विभागले बिगो आठ करोड ४७ लाख ६२ हजार आठ सय ४३ रुपैयाँ ९० पैसा असुल उपर गर्न, कानुन बमोजिम जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गर्दै अदालतमा आरोप पत्र दायर गरेको हो । राईको नाममा रहेको शुद्धीकरण गरिएको तथा श्रोत नखुलेको सम्पत्ति तथा साधन तत्काल प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३४ को उपदफा (१), ऐ. ऐनको पहिलो संशोधन २०६८ को दफा ३४ को उपदफा (१) र प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३४ को उपदफा (१) र दफा २८ को उपदफा (२) बमोजिम जफतको माग गर्दै अदालतमा आरोप पत्र दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस