Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाल क्रिकेट संघको नेतृत्वमाथि छानबिन गर्न एमालेको माग


३० जेष्ठ २०८१, बुधबार


काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको आरोप लगाएका छन् ।

टी–२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको उनको आरोप छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘८० डलर पर्ने टिकट १३५ मा बिक्री गरेको भन्ने आएको छ । ४०० टिकट र २० वटा भिआइपी पासको पनि अवैध ढङ्गले बिक्री गरेको भन्ने गुनासो रहेको छ ।’

यस्तो आरोपबारे छानबिन गर्न उनको माग छ ।

उनले भनेका छन्, ‘क्यानको नेतृत्वले नेपाललाई नेपालको बेइज्जत गर्दै काम गरेको, आर्थिक अपचलन गरेको, नेपालीलाई जिताउन नभएर हराउन भूमिका खेलिरहेको, खेलाडीहरूलाई शिर निहुराएर हिँड्न परिरहेको गुनासो रहेको छ ।’ यो विषयमा सरकारले आयोग नै बनाएर छानबिन गर्नुपर्ने उनको माग छ ।

खेलाडीको साख बेचेर खेलाडीलाई होटेलमा उभ्याएर अमेरिकामा चन्दा उठाएर दुरुपयोग गरिएको, अवैध रूपमा जर्सीहरू अमेरिका लगेर महँगोमा नेपालीहरूलाई बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासो समेत सुनिएको उनले बताए ।

उनी थप्छन्, ‘खेलाडीले हस्ताक्षर गरेका ब्याग र टिसर्ट मर्यादाहीन ढङ्गले हिनामिना गरेको भन्ने आएको छ । अमेरिकामा बस्न नेपालीबाट पैसा उठाएर क्यानको खातामा नराखेर दुरुपयोग गरेको भन्ने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस