१३ शाखा अधिकृतको सरुवा « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

१३ शाखा अधिकृतको सरुवा


३० जेष्ठ २०८१, बुधबार


काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ जना शाखा अधिकृत स्तरका कर्मचारीको सरुवा गरेको छ ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार गृह मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत विष्णुहरि तिमल्सिनालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) मा सरुवा गर्दै काजमा निजामती कर्मचारी अस्पतालमा पठाएको छ । खानेपानी मन्त्रालय वा अन्तर्गतका मेकानिकल इन्जिनियर राजेन्द्र कुमार ठकुरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतका मेकानिकल इन्जिनियर सन्तोष मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ ।

यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)मा दरबन्दी भई कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सुदूरपश्चिम प्रदेशका इन्जिनियर करण सिंह बडाललाई शहरी विकास मन्त्रालय, शहरी विकास मन्त्रालय वा अन्तर्गतका इन्जिनियर कृष्ण थापालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गतमा र शहरी विकास मन्त्रालय वा अन्तर्गतका इन्जिनियर नारायण ओलीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)मा दरबन्दी राखी कामकाज: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा पठाइएको छ ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराका शाखा अधिकृत खेमराज मरासिनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतमा, गृह मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत हरि प्रसाद चपाइलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका शाखा अधिकृत शीतल बहादुर रावललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतमा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत दीपक रिजाललाई सङ्घीय मामिला तथा सामान्य(अतिरिक्त समूह) मा दरबन्दी राखी काजमा विज्ञापन बोर्डमा, सङ्घीय मामिला तथा सामान्य(अतिरिक्त समूह)का शाखा अधिकृत मनिक मान महर्जनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत नमोनाथ प्रसाद यादवलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतमा र सङ्घीय मामिला तथा सामान्य मन्त्रालय (अतिरिक्त समूह)का शाखा अधिकृत बाबुराम पाण्डेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) मा दरबन्दी राखेर काजमा विज्ञापन बोर्डमा सरुवा गरिएको जानकारी प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ ।

सोही लटमा १७ जना उपसचिवको पनि सामान्यले सरुवा गरेको थियो ।

सम्बन्धित समाचार : १७ उपसचिवको सरुवा (नामावलीसहित)

असार लाग्नै लाग्दा पनि सामान्यले सरुवा गर्न छोडेको छैन । रिक्त तथा नवनियुक्त अधिकारीहरूलाई व्यवस्थापन तथा व्यवस्थापन स्वाभाविकै भए पनि कतिपय महत्त्वपूर्ण निकायहरुमासमेत मोलमोलाइमा सरुवा हुन थालेको भन्दै कर्मचारीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । जसमा तलदेखि माथिसम्मै सत्ता साझेदार दल निकटस्थ ट्रेड युनियनका अधिकारीसमेतकै मिलेमतोमा यस्तो भइरहेको मन्त्रालय स्रोत बताउँछ ।

Tags :
प्रतिक्रिया दिनुहोस