विदेश पठाउने भन्दै ३ सयभन्दा बढीबाट १५ करोड ठगी गर्ने पक्राउ « प्रशासन
Logo ५ असार २०८१, बुधबार
   

विदेश पठाउने भन्दै ३ सयभन्दा बढीबाट १५ करोड ठगी गर्ने पक्राउ


२९ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । वैदेशिक रोजगारी पठाइदिने बहानामा १५ करोड रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवनको भरतपुर महानगरपालिका १८ का २८ वर्षका राजकुमार भट्ट र कास्कीको पोखरा महानगरपालिका ८ का ४६ वर्षीय पवन पन्तलाई पक्राउ गरेको हो ।

उनीहरूले ३/४ वर्षदेखि ३०० भन्दा बढीलाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा पठाई दिन्छु भन्दै तीन सय जन भन्दा बढी व्यक्तिबाट करिब १५ करोड रकम ठगी गरेका हुन् ।

पक्राउ परेका दुवै जनाले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आकर्षक तलब, भत्तासहितको विज्ञापन सार्वजनिक गरी त्यसको सम्पर्कमा आउने व्यक्तिलाई विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेका बताइएको छ ।

उक्त जम्मा भएको रकम चेकमार्फत निकाल्न लगाएर उनीहरूले भने बमोजिमका व्यक्तिलाई भेटेर नगदै दिन लगाई तथा विभिन्न खातामा कारोबार गराएर ठगी गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस