गर्मी बढेपछि कावासोतीका विद्यालय ३ दिन बिदा « प्रशासन
Logo ५ असार २०८१, बुधबार
   

गर्मी बढेपछि कावासोतीका विद्यालय ३ दिन बिदा


२८ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । अत्यधिक गर्मी हुन थालेपछि कावासोती नगरपालिका भित्रका विद्यालयलाई ३ दिन बिदा दिइएको छ ।

नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीद्वारा प्रेषित सूचनामा गर्मीले पठनपाठन सकसपूर्ण हुँदै गएकाले सोमबारदेखि बुधबारसम्म सबै विद्यालय अनिवार्य बिदा गर्नु भनिएको छ ।

सूचनामा मौसममा सुधार आएमा अर्को सूचना जारी गरिने उल्लेख छ । कावासोतीमा आइतबार ३९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस