१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताका गुनासा सुन्न जनप्रतिनिधि गाउँ गाउँमा

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिकाले जनताका गुनासा सुन्न जनता सँग जनप्रतिनिधि अभियान सञ्चालन गरेको छ ।

आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्नु पूर्व जनताका गुनासा बस्ती स्तरको वास्तविक स्थितिको बारेमा जानकारी लिने उद्देश्यले पालिकाले सबै वडाहरूमा जनतासङ जनप्रतिनिधि कार्यक्रमको सुरुवात गरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताएका छन् ।

जनप्रतिनिधिहरुले जनताको वास्तविक आवश्यकतालाई ध्यानमा राखी जनता सँगको सहकार्यमा कार्य गर्न सके विकास निमार्णले गति लिनुका साथै दिगो विकास हुने समेत अध्यक्ष साउँदले बताए । 

बडीकेदार गाउँपालिकाले जनतासङ जनप्रतिनिधि नयाँ कार्यक्रमको सुरुवात गरेकोले जनता सँगको सम्बन्ध नजिक हुनुका साथै स्थानीय सरकार जनताप्रति उत्तरदायी, जबाफदेही, पारदर्शी हुने विश्वास समेत अध्यक्ष साउँदले गरेका छन् ।  

जनताको माझमा गई अध्यक्ष साउँदले आफू निर्वाचनको समयमा कुनै दलबाट टिकट लिई निर्वाचित भएको भए पनि अब साझा व्यक्तिको रूपमा बुझी समान रूपमा आम नागरिकका समस्या समाधान गर्न आफू तयार रहेको समेत बताए । 

गाउँ बस्ती स्तरमा बसेका जनताका वास्तविक सवालहरू पहिचान गर्न सहजता होस भन्ने हेतुले जनता सँग जनप्रतिनिधि कार्यक्रमको सुरुवात गरिएको गाउँपालिका उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।हामी जनप्रतिनिधि जनताका घरदैलोमा जाँदा जनताका वास्तविक समस्या र सवालहरू आफै देखिने भएकोले आगामी दिनमा पालिकालाई विकास गर्न सहज हुने समेत उपाध्यक्ष कलेलले बताइन् ।  

जनता, कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्धलाई प्रगाढ बनाउन जनतासङ जनप्रतिनिधि कार्यक्रम प्रभावकारी भएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । उनले भने पालिकाले जनताको लागिको काम गर्ने त्यसैले यसरी जनप्रतिनिधि सहितको टोली गाउँ गाउँमा जाँदा वास्तविक सवालहरू पहिचान हुनुका साथै पालिकाको दिगो विकासमा सहयोग पुग्ने समेत बताए । 

पालिकाले शनिवार देखी सुरुवात गरेको जनताका गुनासा सुन्न जनतासङ जनप्रतिनिधि कार्यक्रममा पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरूको टोली जनताका माझमा गई गुनासा तथा सुझाव सङ्कलन कार्य गर्ने गरेको पालिकाले जनाएको छ ।यो कार्यक्रम पालिका अन्तरगतका पाँच वटै वडामा सञ्चालन हुने जनाइएको छ ।

योजना निमार्ण पूर्व पालिका सरकार जनतासङ अन्तरक्रिया तथा सुझाव सङ्कलन गर्न आउँदा जनताका वास्तविक समस्या समाधान गर्न सहज हुनुका साथै जनता र जनप्रतिनिधिको सम्बन्ध प्रगाढ हुने राजनीतिक दलहरूले बताएका छन् । 

पालिकाको समग्र टिम सहित नीति तथा कार्यक्रम निमार्ण पूर्व जनताका घरदैलोमा गई सुझावहरू,गुनासा जनताका मागहरू सङ्कलन गर्ने कार्य गर्ने बडीकेदार गाउँपालिकाको पहिलो अभ्यासका साथै डोटीको पहिलो पालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस