सभामुखसहितको उपस्थितिमा संसदीय छानबिन समितिको पहिलो बैठक जारी « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सभामुखसहितको उपस्थितिमा संसदीय छानबिन समितिको पहिलो बैठक जारी


२३ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरु भएको छ । संसद् भवन बानेश्वरस्थित शंकर हलमा सभामुख देवराज घिमिरेको उपस्थितिमा अहिले बैठक चलिरहेको सभामुखको सचिवालयले जनाएको छ ।

काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गरेपछि अनुसन्धान गर्नको लागि माग गरेपछि समिति गठन गरिएको थियो । आजको बैठकमा समितिको भावी कार्ययोजना तयार हुने बताइएको छ ।

समितिको कार्यालय सिंहदरवारमा हुने गरी व्यवस्था मिलाउने तयारी छ । एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठन भएको समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल सदस्य छन् ।

समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस