२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल

अ+ अ-

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा नेपालले गरेको प्रतीक्षाको घडी समाप्त भएको छ । नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रँदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ । 

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप पछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुने छ ।

 विश्वकपका लागि तयारी गर्न भन्दै १ महिना अगाडि नै गएको नेपाली टोलीले अभ्यास राम्रो भएको प्रतिक्रिया दिएको छ । सोमबारको अभ्यासपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहित पौडेलले नेदरल्याण्ड्सविरुद्ध जित निकाल्दै विश्वकप यात्रा सुरु गर्नका लागि तयार रहेको बताएका छन् । ग्रान्ड पेरी रङ्गशालालाई त्रिवि क्रिकेट मैदानको जस्तै संज्ञा दिँदै खेलका लागि नेपाली समर्थकहरूको उपस्थिति हुने पनि विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा कप्तान पौडेलले समर्थकहरूलाई खुसी र गर्व गर्न लायक प्रदर्शन गर्ने बताए ।

‘अमेरिका आएपछि यहाँका समर्थकको ठुलो माया पाएका छौँ । त्रिवि मैदानपछि यो मैदानमा हामीले बढी समर्थन पाउँछौ जस्तो लागेको छ । हाम्रो लागि यो अवसरसँगै जिम्मेवारी पनि हो ।’ पत्रकार सम्मेलनमा पौडेलले भने,’हामीमाथि उत्कृष्ट क्रिकेट खेलेर उहाँहरूलाई खुसी र गर्व गर्न लायक बनाउने जिम्मेवारी छ ।’

टी–२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी  रहेका छन् ।

प्रतिक्रिया दिनुहोस