२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह सचिव अर्यालद्वारा जिल्ला प्रशासनमा आकस्मिक अनुगमन, सेवाग्राहीलाई खुसी बनाएर पठाउन निर्देशन 

अ+ अ-

काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई खुसी बनाएर पठाउन निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको आइतबार आकस्मिक अनुगमनका क्रममा गृह सचिव अर्यालले यस्तो निर्देशन दिएका हुन् । कार्यालयमा अभिलेख व्यवस्थापन गर्न र नागरिकता वितरणलाई थप सहज तथा प्रभावकारी बनाउन उनले निर्देशन दिए । ‘ललितपुर उसै पनि धेरै भिडभाड हुने जिल्ला होइन । उपलब्ध जनशक्तिबाट नै सहज सेवा प्रदान गर्न सकिन्छ । यसलाई व्यवस्थित तवरले प्रणाली बनाएर चुस्त राख्नुस्,’ उनले भने, ‘सेवाग्राही चाँडै कार्यालयमा सेवा लिन आउने भएकोले फष्ट आवरमा सबै कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउनुस् ।’ 

नागरिकताको रेकर्ड राख्ने सिष्टमलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, भन्नेबारे सोच्न पनि उनले निर्देशन दिए । अहिले बाकस, काठ तथा कागजको बट्टामा राख्ने गरेकोमा अब र्‍याकमा राख्ने व्यवस्था मिलाउन गृह सचिव अर्यालको निर्देशन छ । 

राष्ट्रिय परिचयपत्र बनाई सकेका व्यक्तिको नागरिकता र रेकर्ड खोजी रहन नपर्ने भएकोले राष्ट्रिय परिचयपत्र बनाउन र बनाई सकेका परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउन पनि सचिव अर्यालले भनेका छन् । महानगरसँग समन्वय गरेर राष्ट्रिय परिचयपत्र सँगसँगै जिल्लावासीलाई हरेक निकायबाट दिइने सेवा सुविधाहरूमा सहजता प्रदान गर्न प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई उनले निर्देशन दिए । ‘क्यालेन्डर नै बनाएर राष्ट्रिय परिचय पत्र बाँड्ने व्यवस्था मिलाउनुस्’ गृह सचिव अर्यालले भने । 

मन्त्रालयका सहसचिव एवं कर्मचारी प्रशासन महाशाखा प्रमुख झक्क प्रसाद आचार्यसहित अनुगमनमा पुगेका गृह सचिव अर्यालले जिल्ला प्रशासन कार्यालयको भौतिक पूर्वाधारको अवस्था, कर्मचारीको उपस्थिति, सेवाग्राहीका समस्या तथा सुधारबारे जानकारी लिएका छन् । साथै सेवा प्रवाहका क्रममा नीतिगतदेखि बजेट व्यवस्थापनको विषयमा गृह मन्त्रालयले सहजीकरण गर्ने भन्दै प्राथमिकताक्रम अनुसार सूची बनाएर पठाउनसमेत गृह सचिव अर्यालले भनेका छन् । सोही अवसरमा अर्यालले प्रशासकीय अधिकृत तथा कर्मचारीहरूसँग कामको लोडबारे पनि जानकारी लिएका थिए ।

प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले उपलब्ध स्रोत साधनहरूबाटै कर्मचारीहरूले सेवा दिई रहेको र अहिलेसम्म त्यस्तो कुनै समस्या नदेखिएको जानकारी गराए । त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले अभिलेख व्यवस्थापनमा केही कठिनाई भएकोले व्यवस्थित गर्न सुरु गरेको जानकारी दिइन् ।

गृह प्रशासनलाई मजबुत बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउने योजनामा छन् गृह सचिव अर्याल । सेवाग्राहीहरूको बढी भिडभाड हुने निकायहरूमा जनशक्ति परिपूर्ति गर्नेदेखि भौतिक सुधारसँगै प्रविधिसँग जोड्न निरन्तर गृह कार्य अघि बढाएका सचिव अर्यालले केही समय अघि मात्रै त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक अनुगमन गरेको थिए । 

प्रतिक्रिया दिनुहोस