काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट विनियोजन भएको बताएकी छन् ।
‘भर्खरै बजेट आएको छ । तर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका क्षेत्र तथा यौनिक अल्पसङ्ख्यकको क्षेत्रमा काम गर्ने जिम्मेवारी रहेको महिला मन्त्रालयमा निकै न्यून बजेट दिइएको छ’, मन्त्री चौधरीले भनिन्, ‘विगतभन्दा बजेट बढेको छ । तर समग्रमा हेर्दा बजेट निकै न्यून छ । विकासे मन्त्रालय होइन भनेर महिला मन्त्रालयलाई न्यून बजेट दिने गरिएको छ ।’
बुधबार छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा मन्त्री चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य राखेर सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताइन् ।