२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी’

अ+ अ-

कर्णाली ।  कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी भएको बताएका छन् । 

सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको सिद्धान्तले निर्देशित गरेअनुसार कार्यान्वयन गर्न तथा गराउन राज्यको सर्वोच्च ओहोदामा रहेकाहरूको पहिलो कर्तव्य हुने उल्लेख गरेका छन् । 

प्रदेश प्रमुख परियारले राष्ट्रसेवक कर्मचारी, आम नेपाली जनताले सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माण गर्न आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह गरेका छन् । 

 नेपालको संविधानले प्रदान गरेको स्वतन्त्रताको हकको दुरुपयोग नगरी अनुशासन र स्वतन्त्रताको द्वन्द्वात्मक सम्बन्धलाई आत्मसात् गर्न आग्रह गरेका छन् । 

 नेपाली जनताका प्रतिनिधिहरूमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको स्मरण गर्दै उनले यसको स्थापनाका लागि आफ्नो जीवन बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

“गणतन्त्र दिवस विगत सात दशकदेखिको गणतन्त्र स्थापनाका लागि गरिएका सशस्त्र, शान्तिपूर्ण सङ्घर्ष र दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विविध वर्गीय, जातीय, क्षेत्रीय, दलित, महिला, मधेसी, मुस्लिमलगायतका मुक्ति सङ्घर्षका क्रमहरूमा आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरूको त्यागको उपज हो । गणतन्त्र र संविधानको रक्षा गर्दै अगाडि बढ्नु पर्दछ”, प्रदेश प्रमुख परियारको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस