२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ करोड ३७ लाखका उपकरण प्रयोगविहीन, अक्सिजन प्लान्ट निष्क्रिय राखी बाहिरबाट अक्सिजन खरिद

अ+ अ-

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले आफूसँग रहेको अक्सिजन प्लान्ट निष्क्रिय राखी बाहिरबाट अक्सिजन खरिद गरेको पाइएको छ । अस्पतालले यस वर्ष ८२ लाख ४९ हजार रुपैयाँको अक्सिजन खरिद गरेको महालेखापरीक्षकको ६१औँ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार अस्पतालले करोडौँमा खरिद गरेका केही उपकरण जडान नै गरेको छैन भने जडान गरेका उपकरण पनि मर्मत सम्भार गरेको छैन । ‘अस्पतालले २०७६ असार २२ मा २ करोड ९२ लाखमा खरिद गरेको नेभिगेसन सिष्टम फर टोटल नी रिप्लेसमेन्ट सर्जरी मेसिन, २०७८ भदौ ३१ मा १ करोड ६२ लाखमा खरिद गरेको बाल चिकित्सा नवजात भेन्टिलेटर र २०७६ असार २० मा ८३ लाखमा खरिद गरेको अक्सिजन प्लान्टलगायतका ५ करोड ३७ लाख रुपैयाँका मेसिन उपकरणहरू खरिदपश्चात् जडान नभई प्रयोगविहीन अवस्थामा रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘१३ करोड १७ लाख मूल्यका सी आर्म यू.एस.जी., होलमियम लेजर, भेन्टिलेटर स्पाइनल इन्डोस्कोपी सिस्टम बायोमेडिकल संक्रामक फोहर उपचार प्रणालीलगायतका १० थान उपकरणहरू मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेकोमा मर्मत सम्भार गरेको छैन ।’ उपलब्ध उपकरणको प्रभावकारी व्यवस्थापन गरी सेवा प्रवाहमा सुधार गर्नुपर्ने प्रतिवेदनमा औँल्याइएको छ ।

विगतका प्रतिवेदनले क्लिनिकल अडिटबारे औँल्याए पनि अस्पताले त्यसलाई बेवास्ता गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी क्लिनिकल अडिट सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार क्लिनिकल अडिट गर्ने उल्लेख छ । उक्त अडिटमा मेडिकल तथा प्यारामेडिकल स्टाफद्वारा बिरामीलाई प्रदान गरिने स्वास्थ्य सेवाको सबै पक्षको गतिविधिको मूल्याङ्कन गरिन्छ । तर, यस सम्बन्धमा विगत वर्षको लेखापरीक्षण प्रतिवेदनमा समेत औँल्याइएको भए पनि सुधार नभएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालले अनलाइन ओ.पी.डी. टिकट बिक्री सुरु गरेकोमा एक जना चिकित्सकले एक दिनमा ३० ओ.पी.डी. बिरामी जाँच गर्नेमध्ये १० वटा मात्र अनलाइनमा उपलब्ध हुने उल्लेख छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार अर्थोप्लाष्टिक, क्लिनिकल जेनेटिक, फेमिली मेडिसिन, ग्यास्ट्रोलोजी, न्युरोलोजी र मनोचिकित्सक विभागको टिकट अनलाइन उपलब्ध हुने व्यवस्था गरेको छैन । सबै ओ.पी.डी. टिकट अनलाइन बिक्री गर्ने व्यवस्था गरी सेवा प्रवाहलाई सहज बनाउनुपर्ने प्रतिवेदना औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस