१४ लाख किसान सूचीकृत « प्रशासन
Logo ३ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

१४ लाख किसान सूचीकृत


१४ जेष्ठ २०८१, सोमबार


महालेखा परीक्षक

काठमाडौँ । महालेखा परीक्षकले किसानहरूलाई सूचीकृत गरे पनि सरकारले परिचयपत्र दिन नसकेको औँल्याएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार यो वर्षसम्म १४ लाख किसान परिवार सूचीकरण हुँदा परिचयपत्र भने जारी हुन नसकेको हो ।

किसान वर्गीकरण, सूचीकरण एवम् परिचयपत्र जारी नहुँदा किसान पेन्सन योजना सुरु गर्ने एवम् किसान हितकोष स्थापना गर्ने लगायत कामसमेत प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले किसानको वर्गीकरण, सूचीकरण र परिचयपत्र जारी गर्ने कार्य समयमै सम्पन्न गरी सोही आधारमा छुट, सहुलियत र अनुदान उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १४ मा सरकारले तोकिए बमोजिम किसानको पहिचान एवम् वर्गीकरण गरी परिचयपत्र जारी गर्ने र सोही आधारमा किसानलाई राज्यबाट प्राप्त हुने सहुलियत, छुट, सुविधा तथा कानुन बमोजिम योगदानमा आधारित निवृत्तिभरण उपलब्ध गराउने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस