२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली नदीमा सेनाको विपद् नमुना अभ्यास

अ+ अ-

कञ्चनपुर । नेपाली सेनाले आज कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी नमुना अभ्यास गरेको छ । मनसुन नजिकिँदै जाँदा नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले महाकाली नदीमा विपत्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमुना अभ्यास स्थानीयमाँझ प्रस्तुत गरेको हो ।

श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरीले बाढीपहिरो लगायत विपद्का बेला सेनाद्वारा गरिने उद्धार एवं क्षति न्यूनीकरणबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमुना अभ्यास गरिएको बताए । उनले विप्दमा उद्धार गर्नका लागि सेनाको प्राविधिक टोली आवश्यक उपकरणसहित जहिल्यै तयारी अवस्थामा रहने गरेको बताए ।

त्यस अवसरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद्बाट जोगिन नदी तटीय क्षेत्रका नागरिकलाई सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए ।“ विपद्सँगै चर्को गर्मीका बेला चल्ने लू बाट पनि बच्न सबैले सजगता अप्नाउन पर्छ ।” उनले भने, “विपद्का सुरक्षा निकाय र स्थानीय प्रशासनसम्म सूचना प्रवाह पनि महत्वपूर्ण विषय हुन्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले जोखिम मोलेर बर्षातका बेला महाकाली नदीमा दाउरा सङ्कलन गर्न नहुनेमा जोड दिए । “ज्यानलाई नै जोखिममा राखेर उर्लिएको महाकालीमा हामफाल्ने प्रवृत्ति राम्रो होइन”, उनले भने, “मृत्युभन्दा दाउरा विकल्प हुन सक्दैन ।”

सो क्रममा सेनाले पानीमा फसेकाको उद्धार एवं प्राथमिक उपचार गर्ने विषयमा नमुना अभ्यास देखाएको थियो । सेनाको उक्त नमुना अभ्यासमा रेडक्रस सोसाइटी, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ लगायतका गैरसरकारी संस्थाको पनि सहकार्य रहेको थियो ।

सेनाले यहाँ विगतमा पनि विपद् व्यवस्थापनसम्बन्धी सुरक्षा निकायहरुसित संयुक्त र एकल रुपमा पनि अभ्यास गर्दै आएको छ । नमुना अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, रुद्रध्वज गणका गणपति प्रमुख सेनानी दीपक खड्का, श्री नं २५ बाहिनी अड्डाका प्रमुख सेनानी आदित्य सिल्वाल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी नायब उपरीक्षकद्धय नवीन चन्द, रामेश्वरी श्रेष्ठलगायत जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस