शिक्षण अस्पतालका तत्कालीन मुख्य प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा   « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

शिक्षण अस्पतालका तत्कालीन मुख्य प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा  


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका तत्कालीन मुख्य प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा राजाराम भण्डारीविरुद्ध मुद्दा दायर गरिएको हो । 

मुख्य प्राविधिक सहायक पदमा कार्यरत भण्डारी २०५४ भदौ १७ बाट ल्याब व्वाई पदमा स्थायी नियुक्त भएको र २०६९ कार्त्तिक २४ मा वरिष्ठ ल्याब व्वाई पदमा बढुवा हुने प्रयोजनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट हाईस्कूल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी कार्यरत रही लाभसमेत लिएको देखिएको अख्तियारको दाबी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस