मन्त्रालयको राम्रा काम देखेर स्वार्थ समूहले अफवाह फैल्यायो : श्रममन्त्री अर्याल « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

मन्त्रालयको राम्रा काम देखेर स्वार्थ समूहले अफवाह फैल्यायो : श्रममन्त्री अर्याल


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैल्याउने प्रयास भइरहेको बताएका छन् ।

आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका कामदेखि आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो व्यक्तिगत चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको भन्दै ध्यानाकर्षण भएको बताए ।

मन्त्रालयले गर्ने हरेक क्रियाकलाप मन्त्रालयले नै सार्वजनिक गर्ने भएकाले असम्बन्धित व्यक्तिबाट फैल्याइएका कुनै पनि दुर्नियतका हल्लामा विश्वास नगन मन्त्रीले आग्रह गरेका छन् ।

‘हामीले गोप्य रूपमा कुनै निर्णय गर्दैनौँ । कुनै पनि मुलुकसँग रोजगारी सम्झौता गरेमा वा बन्द गर्नु परेमा पनि सार्वजनिक रूपमा नै सूचना जारी गर्छौँ । त्यसैले कसैले फैलाएको भ्रममा नपर्न आग्रह गर्छु’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस