देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ‘प्रचण्ड’


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।

संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ ।

काँग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् । यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ ।काँग्रेसले भने सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गर्दै आएको छ ।

समिति गठनका लागि कार्यदल निर्माण भए पनि कार्यादेश टुङ्गिन नसकेपछि त्यसको जिम्मा शीर्ष नेतालाई नै दिएको छ  ।काँग्रेसले  भने आजै काठमाडौं उपत्यकाव्यापी विरोध प्रदर्शन गर्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस