२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीसँग सहकार्य भएपनि तत्काल एकता नहुने शंकर पोखरेलको दाबी 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले-माओवादी सहकार्य निरन्तर रहने भएपनि तत्कालै पार्टी एकता सम्भव नभएको बताएका छन् । शुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा महासचिव पोखरेलले अहिले नै पार्टी एकता सम्भव नभएको प्रष्ट पारेका हुन् ।

‘तत्काल एमाले र माओवादी पार्टी एकीकरण हुने होकी भन्ने सोच्नु भएको छ भने अहिले हतार हुने भन्दै तत्काल पाटी एकीकरण नहुने र विगतको अनुभव र एकताले माथिबाट नेताहरू मिलेर मात्र पार्टी एकता सफल हुँदैन, कार्यकर्ताहरू देखि नीति विचार सबै मिलेर गरेको एकता मात्र दिगो हुने विषयमा पार्टी प्रष्ट रहेको छ’, उनले भने ।

पोखरेलले अहिलेको सत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म लैजाने गरी सहकार्य गरिएको बताए । काँग्रेस नेतृत्वको गठबन्धनले मुलुकलाई अधोगतिमा लगिरहेको अवस्था परिवर्तनका लागि एमालेले सबै कुरा छोडेर नयाँ सत्ता समीकरण निर्माण गरेको एमाले महासचिव पोखरेलको भनाइ थियो ।

अहिले एमालेले प्रधानमन्त्री पनि नमागेको र महत्त्वपूर्ण मन्त्रालयमा पनि दाबी नगरेको बताउँदै ८४ मा एकल बहुमतको सरकार बनाउने योजनामा रहेको बताए ।

पोखरेलले देश विकासका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थिरता आवश्यक रहेको अवस्थामा एमालेसँग बलियो दूरदर्शी नेतृत्व भएकोले आगामी ८४ को लागि तयारीका साथ अगाडि बढेको बताए ।

ठूला पार्टीका नेता तथा कार्यकर्ताहरू जनतामाझ आफ्ना नीति, कार्यक्रम र योजना लिएर नजाँदा अहिले अराजकताको भिडमा जनता जान बाध्य भएको नेता पोखरेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस